Home कला/साहित्य पुस्तक लोकार्पण तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न

पुस्तक लोकार्पण तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न

80
0
SHARE

काठमाडौं । काठमाडौंमा हिजो मातृभूमि महिला समाजले पुस्तक विमोचन तथा श्रष्टा सम्मान कार्यक्रम  भव्यताका साथ सम्पन्न गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सीना प्रमुख अतिथि तथा मातृभुमि महिला समाजका अध्यक्ष सरस्वती खनाल सभापति रहेको उक्त कार्यक्रममा पूर्वमन्त्रीहरू, संसदहरू, वैज्ञानिक रविन्द्र ढकाल, शताब्दीपुरूष सत्यमोहन जोशी लगायत विभिन्न समाजसेवी तथा काठमाडौं महानगरपालिकाका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न औपचारिक कार्यक्रमका साथमा संस्थामा आश्रित बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए । संस्थाका सल्लाहाकार हृदयपाणी अधिकारीको शुभकामना, बधाई र धन्यवाद कवितात्मक प्रस्तुति पनि कार्यक्रमको आकर्षण बनेको थियो। कार्यक्रमका प्रमुख अतिथिले इतिहास तथा संस्कृतिविद सत्यमोहन जोशी, पूर्वमन्त्री दुर्गा श्रेष्ठ, पूर्वसहायक मन्त्री भद्रकुमारी घले, वैज्ञानिक रविन्द्र ढकाल लगाएतका श्रष्टालाई प्रमाणपत्र दिई सम्मान प्रदान गरेका थिए । त्यस्तै काठमाडौं महानगरपालिकाका सबै वडाअध्यक्षलाई प्रमुख अतिथिबाट फूल प्रदान तथा सत्यमोहन जोशीबाट टीका लगाई सम्मान प्रदान गरिएको थियो ।

काठमाडौंमा मात्र नभएर देशका विभिन्न ५ वटा जिल्लामा शाखा विस्तार गरेको मातृभूमि समाजले काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि तथा संघिय व्यवस्था नामक पुस्तक प्रकाशित गरेको छ । संस्थाकै सचिव रमादेवी बानियाले संकलन तथा सम्पादन गरेको उक्त पुस्तकमा काठमाडौं महानगरपालिकाको विवरण तथा मेयर, उपमेयर तथा वडाअध्यक्षको परिचय,योगदान तथा कार्ययोजना लगायतका विषयहरू समावेश गरिएको छ ।कार्यक्रमका सभापति सरस्वती खनालले यस संस्थाले गरेका कार्य तथा उद्देश्यहरूको बारेमाट बोल्दै संस्थालाई अगाडी बढाउन सबैबाट सहयोगको समेत अपेक्षा राखेकी थिइन् । ६० जना आमाबाबु गुमाएका तथा पहिचान नखुलेका बालबालिकाको संरक्षण गर्दै आइरहेको यस संस्थाको स्थापना २०६५ सालमा भएको थियो ।

संस्थाले अनाथ बालबालिकालाई सहयोग गरी देशको कार्णधार बनाउने प्रतिबद्धता लिएको छ । साथै महिलालाई समेटी बालबालिकाको संरक्षण गर्नका लागि आयआर्जनको कार्यक्रम गर्नु यस संस्थाको उद्देश्य रहेको छ । मोरङ् जिल्लाको ४ वटा नगरपालिकामा काम गरेको यस संस्थाले धनकुटामा १ घर १ बाख्रा, अर्गानिक मल लगायत अन्य विकासको क्षेत्रमा काम गरेको छ । त्यस्तै सुर्खेतमा ढाकाटोपी, हस्तकला तथा मोबाइल मर्मतको तालिम लगायतका कार्यक्रम पनि गर्दै आएको छ ।

LEAVE A REPLY