Home मुख्य समाचार संसद्लाई नटेरेर सरकारले संवैधानिक व्यवस्था उल्लंघन गर्यो : गगन थापा

संसद्लाई नटेरेर सरकारले संवैधानिक व्यवस्था उल्लंघन गर्यो : गगन थापा

61
0
SHARE

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले संसद्लाई नटेरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले भने, ‘संसदमा जति बोले पनि सरकारले त्यसप्रति ध्यान दिएन, बाहिर बोल्न बाध्य नपारियोस् ।’

सांसदहरूले उठाएको प्रश्नको सम्बन्धित मन्त्रीले नदिएको कांग्रेस नेता थापाको आरोप छ । संसद्को शून्य र विशेष समयमा उठेको प्रश्नको जबाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र दिनुपर्ने व्यवस्था छ ।

तर, सरकारले त्यो व्यवस्था उल्लंघन गरेको विपक्षी दलले आरोप लगाएको हो । संसदमा उठेका प्रश्नको जवाफ मन्त्रीले पाँच दिनभित्र दिनैपर्ने थापाले बताए ।

संसद्को गरिमालाई कमजोर पार्ने खेलमा नलाग्न समेत उनले सरकारलाई चेतावनी दिए । संसदमा उठेको मुद्दा सुनवाइ नभएको भन्दै सांसदहरुले आपत्ति जनाउँदै आएका छन्।

LEAVE A REPLY