Home ताजा समाचार कस्ता व्यक्तिको घरमा नजानु भनिएको छ ? हेर्नुहोस् आजको नीति वचन

कस्ता व्यक्तिको घरमा नजानु भनिएको छ ? हेर्नुहोस् आजको नीति वचन

60
0
SHARE

नाऽभ्युत्थानक्रिया यत्र नाऽऽलापा मधुराऽक्षरा ।
गुणदोषकथा नैव, तत्र हम्र्ये न गम्यते ।। – पञ्चतन्त्र

जहाँ उठेर सत्कार गरिदैन, जहाँ मीठो बोली वचन पाइदैन र जहाँ गुण दोष सहित सुख दुःखका कुरा हुँदैनन् त्यस्ता घरमा जानु हुँदैन ।

जसको घरमा जाँदा कुनै पनि स्वागत सत्कार हुँदैन त्यस्तो घरमा जानु र नजानुमा कुनै अन्तर नरहने कुरा विष्णुशर्माले व्यक्त गरेका छन् । हुन त काम विशेष विना अरुका घरमा गइदैन पनि । यसैगरी अर्काका घरमा गइयो स्वागत पनि भयो तर मीठो बोलि वचन हुन सकेन भने पनि त्यस्ताको घरमा नजानू भन्ने नीति वचन रहेको पाइन्छ । यसैगरी घरमा गईयो मीठो बोली वचन पनि भयो तर सुख दुःखका कुरा हुँन सकेनन् भने पनि त्यस्तो घरमा जानुको कुन औचित्य रहँदैन । अतः यथोचित सत्कार, मीठो बोली वचन एवं सुखदुःखका कुरा नहुनेका घरमा जानुको कुनै अर्थ रहँदैन भन्ने नीति वचन मननीय छ ।
– नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –

LEAVE A REPLY