Home मुख्य समाचार आज चतुर्दशी तिथि, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ श्रावण २९ गते

आज चतुर्दशी तिथि, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ श्रावण २९ गते

70
0
SHARE

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको २९ गते बुधवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण शुक्लपक्षको चतुर्दशी तिथि दिवा २।५३ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । उत्तराषढा नक्षत्र बिहान ५।५६ बजेसम्म रहनेछ । आज आयुष्मान योग र भद्रा करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।३४ मा छ भने सूर्यास्त बेलुका ६।४१ बजे हुनेछ ।

चन्द्रमा आज मकर राशिमा छन् । आज श्रावण शुक्ल पक्षको चतुर्दशी तिथिका साथै दिवा २।५३ बाट भद्रा पनि रहनेछ । रिक्ता तिथिका साथै भद्रा करण पनि परेकाले आज जुराएर गर्नुपर्ने विशेष काम्य कर्म वर्जित रहन्छन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५

LEAVE A REPLY