Home मुख्य समाचार सज्जन सहकारीले ल्यायो तीज बचत कार्यक्रम

सज्जन सहकारीले ल्यायो तीज बचत कार्यक्रम

231
0
SHARE

काठमाडौं, १ भदौ । ‘संस्कृति जोगाऊ, विकृति हटाऔं खर्च कम गरेर चाडपर्ब मनाऔं’ भन्ने नाराका साथ सज्जन महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको आजको तीज बचत तथा दिदिबहिनी भेटघाट कार्यक्रम सम्पन्न भयो। तीज बचत योजनामा बचत गर्ने सदस्यहरुको सहभागिता रहेको थियो।

संस्थाका सल्लाहकार शशिकला पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक सञ्चालक जेष्ठ आमा चेतकुमारी नेपालबाट दीप प्रज्वलन गरेर उद्घाटन गरिएको थियो ।

संस्थाका अध्यक्ष सीमा पुरीले संस्थाको हालको अवस्था र भावि रणनीतिकाबारेमा प्रकाश पार्नुभएको थियो । संस्थाका महिला परिचालन उपसमितिले आयोजना गरेको कार्यक्रममा सह संयोजक पुष्पा खड्काले उपस्थिति सबैलाई स्वागत गर्नुभएको थियो ।
संस्थाका कर्मचारीहरुले बचत र शेयर रकम जम्माको लागि सहज बातावरण बनाउनेतर्फ सहजीकरण गरिएको थियो। सदस्यले संस्थालाई लिखित तथा मौखिक रुपमा सुझाव दिएका छन् ।

उपस्थित सदस्यहरुबाट तीज बचत खातामा ५ लाख ८ हजार पाँच सय जम्मा गरेका छन् । संस्थाका व्यवस्थापक नगीनासिंह भण्डारीले संस्थाको बित्तिय कारोबार र भाबी योजनाको बारेमा जानकारी गराउनु भएको थियो।

कार्यक्रममा नियमित बचत गर्ने सदस्यबाट मिनमाया भुजेल, सबै भन्दा धेरै बचत गर्नेहरुबाट शशिकला पौडेल, उपस्थितिको दर्ता नम्बरबाट गोला प्रथाबाट लक्ष्मी आचार्य पुरस्कृत हुनुभयो ।

LEAVE A REPLY