Home ताजा समाचार अपार आनन्द कसरी प्राप्त हुन्छ ? हेर्नुहोस् आजको नीति वचन

अपार आनन्द कसरी प्राप्त हुन्छ ? हेर्नुहोस् आजको नीति वचन

144
0
SHARE

नाश्चर्यमिदं विश्वं न किंचिदिति निश्चयी ।
निर्वासनः स्फूर्तिमात्रो न किंचिदिव शाम्यति ।। –गीता, ११।८

अनेक आश्चर्ययुक्त यो विश्व अस्तित्वहीन छ भनी जान्नेवाला नै इच्छारहित र शुद्धअस्तित्व हुन्छन् । यस्ताले नै अपार आनन्दको अनुभूति पनि गर्न सक्दछन् ।

यो भौतिक जगत् व्यर्थ हो । भौतिक वस्तु कदापि आनन्दको स्रोत होइनन् । आनन्द त केवल अध्यात्ममा मात्र छ । यो संसार आश्चर्य र रहस्यले नै भरिएको छ । यो मायाको जालोले बेरिएको संसारमा मान्छे भौतिक वस्तुको क्षणिक आनन्दलिएर नै चित्त बुझाइरहेका छन् । जो अल्पकालीन छ । क्षणभरमै दुःखको दौडमा उत्रिनुपर्ने संसारी प्रपञ्चमा आनन्द कदापि छैन । भौतिक वस्तु केवल दुःखका कारण मात्र हुन् । जसले यो संसार मिथ्या, विसंगत र अस्तित्वहीन छ भन्ने जन्दछन् उनीहरू इच्छा र कामनारहित शुद्धमन हुनपुग्छन् । जो यो संसार प्रपञ्चलाई त्यागेर सत्वमयी हुन्छ उसैले अपार आनन्दको अनुभूति गर्न सक्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–

LEAVE A REPLY