Home मुख्य समाचार रविलाई भेटेर आइजिपी खनालले भने– हिरासतमा कोही पनि असुरक्षित हुँदैन

रविलाई भेटेर आइजिपी खनालले भने– हिरासतमा कोही पनि असुरक्षित हुँदैन

95
0
SHARE

चितवन, ६ भदौ । महानिरीक्षक सर्वेन्द्र खनालले थुनामा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई चितवन पुगेर भेट गरेका छन् । लामिछानेसँगको भेटमा महानिरीक्षक खनालले प्रहरी हिरासतमा कोही पनि असुरक्षित नहुने आश्वासन दिएका छन् ।

खनाल रुपन्देहीमा हुने एक कार्यक्रममा सहभागी हुने जाने क्रममा आकस्मिक रुपमा चितवन प्रहरी कार्यालयमा पुगेका थिए । खनालले चितवन प्रहरी कार्यालय तथा हिरासत कक्षको अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा उनले हिरासतमा रहेका पत्रकार रवि लामिछानेलगायत थुनुवालाई भेट गरेका थिए । भेटका क्रममा खनालले प्रहरी हिरासतमा कोही पनि असुरक्षित नहुने र कानुनसम्मत तरिकाले मानवअधिकार मैत्री न्याय हुने बताएका थिए ।

नेपाल प्रहरीले कुनै पनि कुरामा आग्रह र पूर्वाग्रह नराख्ने बताउँदै उनले प्रहरी आफ्नो आफ्नो कतर्व्य पालनामा प्रतिबद्ध रहेको बताएका थिए । यसअघि रवि लामिछानेले आफू प्रहरी हिरासतमै असुरक्षित भएको बताएका थिए ।

LEAVE A REPLY