Home मुख्य समाचार साझा नमुना पेट्रोल पम्पका अध्यक्ष भट्टराईमाथि कुटपिट

साझा नमुना पेट्रोल पम्पका अध्यक्ष भट्टराईमाथि कुटपिट

353
0
SHARE

भरतपुर । जिल्ला सहकारी संघ चितवनका अध्यक्ष टिकाराम भट्टराईलाई प्रहरीले कुटपिट गरेको भन्दै संघले आज जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र बुझाएको छ ।

सहकारी संस्थाहरुको शेयर लगानीबाट सञ्चालित साझा नमुना पेट्रोल पम्प परिसरमा परिसरमा हिजो दिउँसो प्रहरी जवानहरु प्रवेश गरी विनाकारण अध्यक्ष भट्टराईलाई कुटपिट गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्रमा भनिएको छ –‘भट्टराईलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएर कुटपिट, लछारपछार गर्नुकासाथै सवारी साधनमा तेल भरिरहेका सवारी चालक र पम्पका कर्मचारीहरुलाई समेत कुटपिट, लछारपछार गर्ने तथा नियन्त्रणमा लिने जस्ता अमानविय गतिविधिहरु प्रति जिल्ला सहकारी संघ चितवनले खेद प्रकट गर्दछ ।’

संघले उक्त घटनामा नियन्त्रणमा लिइएका सवारी साधनमा तेल भरिरहेका सवारी चालकहरुलाई यथासिघ्र रिहाई गर्न समेत माग गरेको छ । त्यसैगरी आगामी दिनमा हुने दंगाफसादका समयमा पम्पमा सुरक्षा व्यवस्था बढाइदिन माग गरेको छ ।

LEAVE A REPLY