Home कला/साहित्य नेपाल बङ्गलादेश साहित्य एवं सांस्कृतिक उत्सव सम्पन्न

नेपाल बङ्गलादेश साहित्य एवं सांस्कृतिक उत्सव सम्पन्न

112
0
SHARE

इन्टरनेसनल ट्रान्सक्रिएसन सोसाइटीको निमन्त्रणामा बङगलादेशका कला, साहित्य, संस्कृति लगायत विभिन्न क्षेत्रमा क्रियासिल ३५ जना विशिष्ठ महानुभावहरुले नेपालको भ्रमण गरी बिहिबार स्वदेश फिर्ता भएका छन ।

इन्टरनेसनल ट्रान्सक्रिएसन सोसाइटी र साहित्यिक पत्रकार सङ्घको संयुक्त आयोजनामा बङलादेशबाट आएका साहित्यकार, कलाकार, पत्रकार, बुद्धिजीवीहरूको सम्मानमा नेपाल बङ्गलादेश साहित्य एवं सांस्कृतिक उत्सव २०१९ को कार्यक्रम सम्पन्न गरिएको इन्टरनेसनल ट्रान्सक्रिएसन सोसाइटीका अध्यक्ष राजेन्द्र गुरागाईले जानकारी दिए । कार्यक्रममा नेपाल र बङलादेसका राष्ट्रिय गीतहरू गाइएको थियो । यसै गरी कलाकार मेनका लामाले बज्र नृत्य चर्चित गायिकाहरू कल्पना दाहाल र कमला रिसाल र बङ्गला गायिकाहरूले विभिन्न गीतहरू गाएका थिए । साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा माननीय सुजाता परियार, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभू घिमिरे, प्राज्ञ डा। उषा ठाकुर, कवि मनोज न्योपाने,नेपाली लेखक संघका केन्द्रीय सदस्यहरू नारायण सापकोटा , राधिका गुरागाई, नेपाली लेखक संघ मोरङका अध्यक्ष गोकुल अधिकारी, गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठकको विशेष उपस्थिति रहेको थियो । इन्टरनेसनल ट्रान्सक्रिएसन सोसाइटीका अध्यक्ष राजेन्द्र गुरागाईले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पारेका थिए भने महासचिव रिसवदेव घिमिरेले स्वागत र मन्जिला उप्रेती, पुनम झाले कार्यक्रम सञ्चालन गरेकी थिइन ।


यसै बिच बङगलादेशका नागरिकहरुले भाद्र १८ गते नेपाल पर्यटन बोर्डको समेत भ्रमण गरेका थिए । पर्यटन बोर्डका प्रमुख बजार अधिकृत नविन पोखरेल नेपाल भ्रमण वर्ष २०२० को बारेमा चर्चा गरे भने नेपाल बङगलादेश फेन्डसिप सोसाइटीका अध्यक्ष विनदाया रिजालले स्वागत गरेका थिए । नेपाल भ्रमणको सिलसिलमा आएका बङगलादेशका नागरिकहरुले पर्यटकीय सुन्दरनगरी पोखराको समेत भ्रमण गरेको इन्टरनेसनल ट्रान्सक्रिएसन सोसाइटीका महासचिब रिसवदेव घिमिरेले जानकारी दिए ।
इन्टरनेसनल ट्रान्सक्रिएसन सोसाइटीले यस अघि भारत र बङगलादेशमा सांस्कृतिक उत्सव २०१८ कार्यक्रम सम्पन्न गरेको थियो । सार्क देशका साहित्यकारहरु बिच अनुवादको माध्यमबाट साहित्यिक सुसम्बन्ध अभिबृद्धी गर्ने मुल उद्देश्यले सन २०१८ मा अनुवाद्क राजेन्द्र गुरागाईको अध्यक्षतामा इन्टरनेसनल ट्रान्सक्रिएसन सोसाइटी गठन भएको हो ।

LEAVE A REPLY