Home मुख्य समाचार गाउँपालिका अध्यक्ष निर्वाचित खड्का नेकपाबाट निलम्बित, के हुन्छ उनको पद ?

गाउँपालिका अध्यक्ष निर्वाचित खड्का नेकपाबाट निलम्बित, के हुन्छ उनको पद ?

369
0
SHARE

काठमाडौं, २२ भदौ । नेकपाका रामेछाप जिल्ला कमिटी सदस्य एवं रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई सो पार्टीले निलम्बन गरेको छ । पार्टीको नीति र अनुशासनविपरित काम गरेको आरोपमा खड्कालाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो ।

स्थानीय तह निर्वाचनमा तत्कालीन एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित उनीमाथि पदको दुरुपयोग गरी आफ्नै सहकर्मीहरुलाई झुटो मुद्दामा फसाएको आरोपसमेत लागेको छ । नेकपा ३ नम्बर प्रदेश कमिटीले खड्कामाथि ठाडो कारबाही गरी कार्यान्वयनका लागि जिल्ला कमिटीमा निर्देशन पठाएको छ ।

पार्टीको संरचनाभित्र नबस्ने, छलफलमा भाग नलिने र बाहिरबाट अनुशासनहीन गतिविधि नरोकिएपछि खड्कालाई कारबाही गर्न बाध्य भएको नेकपाका प्रदेश कमिटी सचिव आनन्द पोखरेलले बताए ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पार्टी त्यागेमा वा पार्टीले कारबाही गरेमा उनीहरुको पद के हुन्छ भन्ने कानुनमा स्पष्ट उल्लेख छैन । संविधानमा राजनीतिक दलसम्बन्धी ऐन र स्थानीय तह निर्वाचनसम्बन्धी ऐन आपसमा बाझिएका कारण सोबारे अदालतमा परीक्षण नभएसम्म स्पष्ट व्याख्या गर्न नसकिने विज्ञहरु बताउँछन् ।

संविधानको धारा २१६ को उपधारा ८ मा स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुको पद निजले राजीनामा दिएमा, मृत्यु भएमा र पदावधि सकिएमा रिक्त हुने प्रस्ट व्यवस्था छ । तर, सम्बन्धित पार्टी कारबाहीबारे केही उल्लेख छैन ।

LEAVE A REPLY