Home कला/साहित्य ‘गुलाबी उमेर’ किशोरीहरुका लागि लेखिएको उपन्यास

‘गुलाबी उमेर’ किशोरीहरुका लागि लेखिएको उपन्यास

115
0
SHARE

-नारायण सापकोटा-

मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपानेको किशोरीहरुका लागि लेखिएको उपन्यास ‘गुलाबी उमेर’प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार एक कार्यक्रम गरी लोकार्पण गरिएको छ।

साहित्यकार कृष्ण धरावासी, अभिनेत्री केकी अधिकारी र लेखक न्यौपानेले एकसाथ पुस्तक उपन्यास लोकार्पण गरे। साहित्यकार धरावासीले किशोरीका मनमा कस्ता कुरा खेल्छन् दुरुस्तै कितावमा उतार्न लेखक सफल भएको बताए। समय र उमेरका बारेमा विशेष गरी लेखिएको उनको भनाइ छ।

१३-१९ वर्षका उमेरका किशोरीका मनोभावनालाई समेटिएर लेखिएको छ पुस्तक। किशोर उमेरका कुण्ठा लेखिएको छ’ उनले भने। लेखक न्यौपानेले किशोरीले आफ्नो शिक्षकको लागि लेखिएको उपन्यास रहेको बताए। ‘यो किताब हृदयले लेखिएको हो’ उनले भने। अभिनेत्री केकीले पुस्तकमा किशोरीका कथा र भावना लेखिएको बताइन्।

LEAVE A REPLY