Home सहकारी दिल्लीमा सहकारीले गर्यो नेत्रदान जागरुक कार्यक्रम

दिल्लीमा सहकारीले गर्यो नेत्रदान जागरुक कार्यक्रम

84
0
SHARE

काठमाडौं, २२ भदौ । यस सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडको मैत्री संस्था भारतको दिल्ली हेल्थ केयर कोअपरेटिभ सोसाइटी लिमिटेडले नेत्रदान जागरुक कार्यक्रम सम्पन्न गरेको छ ।

गत अगष्ट २५ देखि सेप्टेम्बर ८ सम्म भारतको दिल्लीमा राष्ट्रिय नेत्रदान कार्यक्रम सञ्चालन गरेको थियो । नेत्रदान अर्थात् मृत्युपछि पनि संसार देख्न सक्ने नेत्र महादान भएकोले नेत्रदान गर्नुपर्छ भन्नेबारेमा जनचेतना फैलाइएको थियो । कार्यक्रममा व्यापक सहभागीता रहेको थियो । नेत्रदान महादान अभियानलाई अझ व्यापक बनाउने आयोजकले जनाएको छ ।

यसप्रकारको जनचेतना फैलाउने राष्ट्रिय अभियान राज्य तहबाट हुने कार्यक्रम भए पनि सहकारीमार्फत गरेर प्रशंसनिय कार्य गरेकोमा हाम्रो मैत्री संस्था दिल्ली हेल्थ केयर कोअपरेटिभ सोसाइटी लिमिटेडलाई धेरै धेरै बधाई भन्दै आगामी दिनहरुमा यो अभियान अझ सशक्त र व्यापक होस् सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडको तर्फबाट शुभकामना ।

स्मरण रहोस् नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध सरकार तहमा मात्र होइन जनस्तरसम्म हुनुपर्छ भन्ने ध्येयले नेपालको सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेड र भारतको दिल्ली हेल्थ केयर कोअपरेटिभ सोसाइटी लिमिटेडबीच सहकार्यकोलागि साझेदारी पत्रमा गत जुनमा हस्ताक्षर भएको थियो ।

LEAVE A REPLY