Home मुख्य समाचार हालसम्म डेंगुबाट २६०० संक्रमित, चारजनाको मृत्यु भएकाे सरकारकाे भनाइ

हालसम्म डेंगुबाट २६०० संक्रमित, चारजनाको मृत्यु भएकाे सरकारकाे भनाइ

70
0
SHARE

काठमाडौं, २३ भदौ । सरकारको तथ्यांकअनुसार हालसम्म डेंगुको संक्रमणबाट चारजनाको मृत्यु भएको छ । डेंगुले देशका प्रमुलख सहरमा आतंक मच्चाइरहेको अवस्थामा सरकारी तथ्यांकमा भने डेंगुका कारण चारजनाको मात्र मृत्यु भएको आधिकारिक तथ्यांक प्रस्तुत गरेको छ ।

ती चारको पनि डेंगुबाटै मृत्यु भएको हो वा अन्य कारणले भन्ने पुष्टि भइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ । मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई उद्धृत गर्दै डेंगुबाट चारजनाको निधन भएको जनाएको हो ।

महाशाखाले देशभर करिब दुई हजार ६ सय जनामा डेंगुको संक्रमण देखिएको आशंका गरेको छ । तीमध्ये सबैभन्दा बढी प्रदेश ३ मा छन् ।

प्रदेश ३मा करिब ११ सयजनामा यस्तो संक्रमण देखिएको छ भने प्रदेश १ का ७ सय ५३ मा डेंगुको आशंका गरिएको छ । प्रदेश २ मा २३, गण्डकी प्रदेशमा ५७२, प्रदेश ५ मा १०५, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेंगुको संक्रमण देखिएको छ ।

सरकारी अस्पतालमा भर्ना भएका बिरामीका आधारमा महाशाखाले सो तथ्यांक प्रस्तुत गरेको हो ।

LEAVE A REPLY