Home मुख्य समाचार डेंगु उपचारपछि साेमबार डिस्चार्ज हुँदै कृषिमन्त्री खनाल

डेंगु उपचारपछि साेमबार डिस्चार्ज हुँदै कृषिमन्त्री खनाल

74
0
SHARE

काठमाडौं, २३ भदाै । डेंगुका कारण अस्पताल भर्ना भएका कृषिमन्त्री चक्रपाणि खनाल उपचारपछि साेमबार डिस्चार्ज हुँदै छन् ।

कृषिमन्त्री खनाल डेंगु संक्रमणका कारण गत बिहीबार अस्पताल भर्ना भएका थिए । मन्त्री खनालको आज दिउँसो ४ बजे डिस्चार्ज हुने अस्पताल स्राेतले जनाएकाे छ ।

गत बिहीबारबाट उच्च ज्वरो आएपछि शुक्रराज ट्रपिकल तथा सरूवा रोग केन्द्र टेकुमा मन्त्री खनालकाे रगत जाँच गराउँदा डेंगुको लक्षण देखिएकाे थियाे । डेंगुको लक्षण देखिएपछि उनलाई ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।

उपचारपछि कृषिमन्त्री खनाल पूर्ण रुपमा ठीक भएकाले उनलाई आज डिस्चार्ज गर्न लागेकाे अस्पतालले जानकारी दिएकाे छ ।

LEAVE A REPLY