Home खेल एसिसी यू–१९ एसिया कपमा नेपालद्वारा यूएईलाई २८६ रनको लक्ष्य

एसिसी यू–१९ एसिया कपमा नेपालद्वारा यूएईलाई २८६ रनको लक्ष्य

63
0
SHARE

काठमाडौं, २४ भदौ । एसिसी यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले यूएईलाई २८६ रनको विशाल लक्ष्य दिएको छ । नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो ।

नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनायो । पहिलो ओभरको पहिलो बलमा नै ओपनर रित गौतमलाई गुमाएको नेपालले खेलको चौथो ओभरको पाँचौं बलमा पवन सराफलाई पनि दोस्रो विकेटको रुपमा गुमायो । दुवैजना विनारन आउट भए ।

त्यसपछि आसिफ शेख र रोहित कुमार पौडेलले नेपालको इनिङलाई सम्हालेका थिए । १८ ओभर २ बलमा आसिफ ४५ रन बनाउँदै आउट भए । त्यसपछि ३२ ओभर ४ बलमा रोहित कुमार पौडेल ६७ रन बनाउँदै आउट भए । उनले ८४ बलमा ९ चौका र १ छक्काको सयोयोमा यो योगफल तयार पारेका हुन् ।

पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले ४८ रन बनाएर आउट भए । त्यसैगरी भीम सार्की भने तीन बलमा एक रन बनाएर आउट हुन पुगे ।

नेपालका लागि राशिद खानले ४४ रन बनाउँदा कमलसिंह ऐरीले ४१ रनको योगदान गरे । कुशल मल्लले २२ रन बनाए ।

बलिङतर्फ यूएईका लागि सञ्चित शर्मा र आकाश ताहिरले सर्वाधिक तीन–तीन विकेट लिए । त्यस्तै पलनिपल मेयापनले दुई विकेट लिँदा रिशभ मुखर्जीले समान एक–एक विकेट लिए ।

LEAVE A REPLY