Home मुख्य समाचार मोदीसँग हातमा हात मिलाएर काम गर्न तम्तयार रहेको प्रधानमन्त्रीकाे भनाइ

मोदीसँग हातमा हात मिलाएर काम गर्न तम्तयार रहेको प्रधानमन्त्रीकाे भनाइ

61
0
SHARE

काठमाडौं, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हातमा हात मिलाएर काम गर्न तम्तयार रहेको बताएका छन् । भिडियो कन्फरेन्समार्फत मोतिहारी अमलेखगन्ज पाइपलाइनको संयुक्त उद्घाटनपछि प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले द्विपक्षीय साझेदारीले रेलवे, वाटरवे, जलविद्युत उत्पादन, एकीकृत भन्सार जाँच चौकी, पर्यटन, कृषिलगायतका क्षेत्रमा विस्तार भएको दाबी गर्दै नेपाल र भारतको साझेदारी केही आयोजनामा मात्र सीमित नरहेको बताएका छन् ।

आफू भारतीय समकक्षी मोदीसँग हातमा हात मिलाएर काम गर्न तयार रहेको बताउँदै ओलीले उपयुक्त समयमा नेपाल भ्रमण गर्न मोदीलाई निम्तासमेत दिए । सो क्रममा उनले विगतका सफल भ्रमणको स्मरण गराएका थिए ।

भूकम्पपछिको पुनर्निर्माणमा गोरखा र नुवाकोटमा भारतीय सहयोगमा ५० हजार घर बनेको जानकारी गराउँदै प्रधानमन्त्रीले केही वर्षयता भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति राम्रो रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले उदाउँदो अर्थतन्त्र र सक्षम युवा जनशक्ति दुवै देशका साझा विशेषता भएको बताउँदै हाल नेपाल र भारत दुवैमा बलियो र स्थिर सरकार रहेकले मिलेर काम गर्न सजिलो हुने जिकिर गरे ।

LEAVE A REPLY