Home ताजा समाचार सफलताको कडी के हो ? हेर्नुहोस् आजको नीति वचन

सफलताको कडी के हो ? हेर्नुहोस् आजको नीति वचन

95
0
SHARE

योजनानां सहस्रं तु शनैर्गच्छेत् पिपीलिका ।
आगच्छन् वैनतेयोपि पदमेकं न गच्छति ।। –नीति श्लोक

कमिलो पनि विस्तारै हिडिरह्यो भने हजारौँ योजनको दूरी पार गर्न सक्छ तर गरुड यदि वसिरह्यो भने एक योजन पनि दूरी पार हुँदैन । जीवनमा कर्मको निरन्तरता नै सफलताको कडी हो ।

शक्ति छ भन्दैमा त्यसको सही सदुपयोग गर्न सकिएन भने त्यसको कुनै अर्थ रहँदैन । हरेक कार्यमा निरन्तरता र गतिशीलता चाहिन्छ । गतिहीन कार्यले कुनै पनि परिणाम निम्त्याउँदैन । थोरै र सानो भनेर पनि चित्तलाई सानो बनाउनु हँदैन । एक एक थोपाबाट नै सागर बनेको हो । तर यसका निम्ति निरन्तर कर्मशील हुनुपर्छ, लगनशील बन्नुपर्छ तबमात्र हामी लक्षमा पुग्न सक्छौँ । जसरी निरन्तर हिँडिरहने कमिललाले पनि लाखौँको दूरी पार गर्न सक्छ तर उड्ने भए पनि गति नदिने गरुड वा पक्षीले कुनै दुरी पार गर्न सक्दैन । त्यसैले विस्तारै भए पनि जीवनलाई गति दिनुपर्छ । आफ्नो कर्मलाई निरन्तरता दिनसपर्छ यो नै सफलताको कडी हो भन्ने नीति वचन मननीय छ । । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –

LEAVE A REPLY