Home मुख्य समाचार नेकपा शपथ ग्रहणमा झडप

नेकपा शपथ ग्रहणमा झडप

72
0
SHARE

भदौ २४, काठमाडौँ । प्रदेश नं २ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पदाधिकारीहरुबीच शपथ ग्रहण कार्यक्रममा झडप भएको छ । सप्तरी र सिरहाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा उक्त झडप भएको हो ।

एकअर्काको कुटाइबाट झण्डै आधा दर्जन नेतारकार्यकर्ता घाइते भएका छन् ।
बर्दिवासस्थित सेवा समितिको हलमा कार्यक्रम सुरु हुनुभन्दा अगावै नेतारकार्यकर्ताहरुले नाराबाजी गर्दै हलभित्रका कुर्सीहरु तोड्फोड गरेका थिए ।

पार्टीका अध्यक्ष तथा महासचिवले शपथ ग्रहण स्थगित गर्न निर्देशन दिएपनि अध्यक्ष प्रभु साहसहितकाले बलजफ्ती गर्न खोजेपछि झडप भएको हो ।

असन्तुष्ट समूहले नाराबाजी गर्दै कुर्सी तोड्न थालेपछि दुईतर्फी झड्प भएको हो । झड्पलाई नियन्त्रण गर्न गएको प्रहरीले लाठी प्रहार गर्दा नेकपाका सप्तरी नेता देबनाथ यादवको टाउको फुटेको छ । उनी प्रदेश कमिटि सदस्य हुन् । यस्तै सप्तरीकै युवा नेता मधुसुदन यादवको खुट्टामा चोट लागेको छ । नेकपाका प्रदेशस्तरीय नेताहरु अहिले सुरक्षा घेरामा बसेका छन् ।

LEAVE A REPLY