Home कला/साहित्य बिपि जयन्तीमा नेपाली लेखक सङ्घ मोरङले विराटनगरमा साहित्यिक सभाको आयोजना

बिपि जयन्तीमा नेपाली लेखक सङ्घ मोरङले विराटनगरमा साहित्यिक सभाको आयोजना

146
0
SHARE

विराटनगर । १०६ औ बिपि जयन्तीको अवसरमा नेपाली लेखक सङ्घ मोरङले साहित्यिक सभाको आयोजना गरेको छ । भाद्र २४ गते विराटनगरमा बिपि जयन्तीको उपलक्ष्यमा आयोजित उक्त सभामा बिश्वेश्वरप्रसाद कोइरालाले नेपाली साहित्यमा पुर्याउनुभएको योगदान वारे विशेष परिचर्चा गरिएको थियो ।

नेपाली लेखक सङ्घ मोरङका अध्यक्ष गोकुल अधिकारीको सभापतित्वमा सम्पन्न उक्त सभामा प्राज्ञ विवश पोखरेल, साहित्यकारहरु दधिराज सुवेदी, कविराज न्यौपाने, रमाप्रसाद रिजाल , गङ्गाधर कट्टेल,बलराम पोखरेल,लक्ष्मी पोखरेल र ओम आचार्यले बिपिका सहित्यिक योगदानका बारेमा चर्चा गर्नुभयो ।

नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य राधिका गुरागाईले लेखक सङ्घ मोरङका गतिविधिहरुले यो संस्थालाई गतिशील तुल्याउन उल्लेख्य योगदान गरेको बताउनुभयो । कार्यक्रममा मीनकुमार नबोदित, मधु पोखरेल, भूषण ढुङ्गेल, चुडामणिा नेपाल अकिन्चन, मन्जुश्री गिरी, ममता श्रेस्ठ,बशुश्री पान्डे, जमुना पौडेल, मन्जु श्रेष्ठ, ममता श्रेष्ठ , पुजा आराधना , राधा भट्टराई , दिङ्लाली कान्छो, कविराज पोखरेल र देवा अधिकारी लगायत ३९ जना स्रस्टाले काब्यवाचन गर्नुभएको थियो ।

नेपाली लेखक सङ्घ मोरङले हरेक वर्ष बिपि जयन्तीको दिन काब्यसभाको आयोजना गर्नेगरेको छ । विराट लेखक सम्मेलनजस्ता राष्ट्रियस्तरका ठुला सम्मेलनहरु पनि लेखक सङ्घको मोरङले सम्पन्न गरिसकेको छ ।

LEAVE A REPLY