Home देश केन्द्रिय सचिवका लागि संयोजक गौरी जोशीको उम्मेदवारी

केन्द्रिय सचिवका लागि संयोजक गौरी जोशीको उम्मेदवारी

75
0
SHARE

-होमप्रसाद लम्साल-

अमेरिका, गैरआवसिय नेपाली संघ अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक गौरी जोशीले आइसिसि सचिवको लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएन अमेरिकामा लामो समयदेखि क्रियाशिल जोशीले आफ्नो कामको अनुभवका आधारमा आईसिसिको महत्वपुर्ण पदमा बसेर काम गर्न सकिने बताउँदै ग्लोबल संस्थामा काम गर्न आफुसंग अनुभव र श्रोत साधन सबै व्यवस्थापन गर्न सकिने बताए । क्षेत्रिय संयोजकका हैसियतमा काम गर्दा अमेरिका क्षेत्रमा हालसम्म नभएका उत्कृष्ठ काम गरेको दावी गर्दै श्रोत, साधन, बैद्धिक क्षमता सबैको संयोजन गरी समृद्ध नेपालका लागि धेरै काम गर्ने बताए ।

सन्चारकर्मीहरुमाझ उम्मेदावरी घोषणा गर्दै जोशीले भने मैले जति काम क्षेत्रीय संयोजक भएर काम गरे अब त्या्े अनुभव ग्लोबल र नेपालको लागि गर्ने चाहाना भएको बताउँदै एनआरएनलाई भिजन २०२० अनुसार व्यवस्थापन गर्न जरुरी भएको बताए । भिजन २०२० मा पोलिसी ईष्टिच्युट स्थापना गरी सीप क्षमता र अनभवका आधारमा संस्था सन्चालन र विश्वभरीका सीप क्षमता र वौद्धिक व्यक्तिहरुलाई संयोजन गर्न सकिने उल्लेख छ । अमेरिकाबाट छनौट गरिने डेलिगेडका सम्बन्धमा आईसिसिले पठाएको निर्देसित कार्यक्षेत्रभित्र रहेर छनौट गरिने भएकाले कसैलाई शंका नगर्न आग्रह गर्दै यदि त्यस्तो निर्देशिका अनुसार भएन भने आफुले त्यसको व्यवस्थापनका लागि आईसिसिले अन्तिम अधिकार प्रयोग गर्ने बताए । गौरी जोशीद्धारा केन्द्रिय सचिवका लागि उम्मेदवारी घोषणा

LEAVE A REPLY