Home ताजा समाचार नेपाल चीन सम्बन्धमा तातो हावा

नेपाल चीन सम्बन्धमा तातो हावा

81
0
SHARE

-हरेकपल टिप्पणी-

भरखरै मात्र चीनका परराष्ट्रमन्त्री वाङ यी नेपालको संक्षिप्त भ्रमण पूरा गरी स्वदेश फर्किनु भएको छ । उहाँको यस भ्रमणले दुईपक्षीय हीत प्रवद्र्धनमा पक्कै पनि सहयोग पुग्नसक्छ । अन्तरराष्ट्रिय राजनीतिको खेलमा नेपालमा अहिले चीनको चासो सबैभन्दा सक्रिय देखिन्छ । भारतको अन्तरराष्ट्रिय राजनीतिमा बढ्दो प्रभाव, पाकिस्तानले जम्मुकस्मीरका कारण मागि रहेको गुहार, चीन र अमेरिका व्यापार विवाद अनि नेपालमा परम्पराष्त भारतीय प्रभावलाई मध्यनजर राख्दै वर्तमान नेपाल कम्युनिष्टको दुईतिहाईको सरकारले चीनसंग सान्निध्य राख्ने प्रयास गरिरहेको छ । भारतलाई तह लाउने, देशभित्र राष्ट्रवादको नारालाई खपत गर्ने, र लामो समयसंम शासन सुरक्षित गर्ने रणनीतिमा सरकार लागि रहेको छ । गतसाल भारतले नाकावन्दी लगाएको समयमा समुद्रसंमको पारवाहन सुविधाकालागि संझौता भएको थियो चीनसंग र तिव्वतबाट तुरुन्त रेल आउने झै गरी संझौता भएर होहल्ला व्यापक भएको थियो ।

चीन र भारतबाट एकै पटक रेल देशभित्र जोड्ने व्याप्त हल्ला अहिले मत्थर भएको छ । उल्टै अमेरिकी चासोको प्रत्यक्ष संवन्ध रहेको एसियाप्यासिफक प्याक्टमा नेपाल सहभागी भएर चीन र भारत दुवैको स्वार्थ विरुद्ध पश्चिमलाई उपयोग गर्ने काम कम्युनिष्ट सरकारले गरेको थियो । क्रमशः पश्चिमी स्वार्थको पक्षपोषण हुने गरी नेपाल अग्रसर भएपछि चीन र भारत दुवै नेपालमा थप सक्रिय भएको अवस्था छ । चीनका विदेशमन्त्री स्वदेश फर्के लगत्तै भारतका ऊर्जामन्त्री नेपाल आउनुले यसलाई पुष्टि गरेको छ । चीनसंगका संबजधहरुबाट तत्काल मिल्ने फाइदालाई लिएर नेपालको कम्युनिष्ट सरकारले नेपाललाई अनेक सपना देखाइ रहेको छ । औपचरिक रुपमा नेपालले फाइदा लिनसक्नु पर्दछ । विकासका निम्ति चीनको सहयोग, पर्यटनका क्षेत्रमा चीनका जनताको वाक्ला आगमन हुनसकेमा नेपालले पर्याप्त फाइदा लिनसक्ने अवस्था छ ।

तर चीनसंग अति राम्रो संबन्ध रहेप अहिले चिनीया नागरिकहरुको खतरनाक जालो विस्तार हुदै गएको आभास हुदै छ । नेपालबाट नेपाली चेलीहरुलाई विहेको प्रलोभन देखाई चीनमा लगेर अलपत्र छाड्ने, यौनवजारमा वेच्ने धन्दा ऊर्वर छ । केही दिन पहिले यस धन्दामा संलग्न केही चिनयिा नागरिकहर पक्राउ परे पनि यो विहे धन्दा निरन्तर चलिरहेको सुनिन्छ । कतिपय चिनीया नागरिकहरु पर्यटनको माध्यमबाट सुन तस्करीमा सक्रिय छन् । यो भन्दा पनि डरलाग्दो भन्दा गर्नेहरुले नेपाली बैंकको कमजोर सुरक्षा प्रणालीमाथि चुनौती थपेका छन् । बैंकहरुबाट नक्कली एटिएम प्रयोग गरी केही दिन पहिले जसरी रुपैया झिकिएको थियो र यसमा चिनीया नागरिकहरु पक्राउ परे त्यसबाट नेपालको आर्थिक अवस्थालाई प्रहार गर्न खोजेको स्पष्ट हुन्छ । सरकारको असल संबन्धको आवरणमा यसरी सानो देशको सामाजिक अवस्था, आर्थिक र व्यवसायिक धरातललाई कमजोर पार्नेहरुमाथि कडाईकासाथ नियन्त्रण जरुरी छ ।
चीनका राष्ट्रपतिले नेपालको भ्रमण ष्र्ने चयारी भइरहेको समाचारहरु सुखदरुपमा आइरहेका छन् । नेपाल चीज इतिहासको लामो कालखण्डदेखि नै असल मित्र हुन् । यस मित्रतालाई जोगाउन पनि आपराधिक कृत्यहरुलाई पहिचान गरी समयमा नै अवस्था धमिलिने वातावरण नआओस् भनी सचेत हुनुपर्दछ

अन्तरराष्ट्रिय संबन्ध निर्भारणका सन्दर्भमा नेपालको हीत पहिलो प्राथमिकता हुनै पर्दछ । छिमेकीहरुका हीतहरु वा अन्तरराष्ट्रिय अन्य शक्तिहरुको स्वार्थलाई नेपालले आफ्नो हीत प्रबद्र्धनमा मात्र उपयोग गर्नु पर्दछ । तर नेपाल कम्युनिष्टको सरकार नेपालको हीत प्रबद्र्धनमा गंभीर देखिएको छैन ।

LEAVE A REPLY