ताजा समाचार
गृहपृष्ठ » समाचार

राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७० मनाइँदै



  हरेकपल संवाददाता

राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७० मनाइँदै काठमाडौ , २३ भदौ
‘बालमैत्री अनिवार्य शिक्षा, ज्ञान र सीपको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ आइतबार राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७० मनाइँदैछ । 

दिवसका अवसरमा आईतबार बिहान राष्ट्रपति डा रामवरण यादवबाट विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गर्नेलाई विद्याभूषण प्रदान गर्नेछन् भने शिक्षा मन्त्रालयले उत्कृष्ट विद्यालय र शिक्षासेवीहरूलाई पुरस्कृत गर्दैछ । 

यस्तै, आईतबार शैक्षिक प्रदर्शनी आयोजना, प्रकाशन, साक्षर गाविस घोषणा, वृत्तचित्र प्रदर्शनी, साक्षरता सन्देश प्रवाह, जलपानलगायतका कार्यक्रम रहेको शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले जानकारी दिए । उनले दिवस मनाउन सबै जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिइएको बताए ।

नेपालमा विसं २०२८ सालमा पहिलोपटक ‘शिक्षाको पारिलो घामबाट कुनैपनि बालबालिका वञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ शिक्षा दिवस मनाइएको हो भने हरेक वर्ष ८ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै आएको छ । 

दिवस मनाउन शिक्षामन्त्री माधवप्रसाद पौडेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । 
पछिल्लो जनगणनाअनुसार नेपालमा अझै ३५ लाख नागरिक निरक्षर छन् ।

तपाईंको प्रतिकृया पोष्ट गर्नुहोस्

कृपया ध्यान राख्न्नु होला, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम:
* ठेगाना:
* ईमेल ठेगाना:
*  प्रतिकृया: सम्पादन गरेर मात्र प्रकाशित गरिनेछ ।
* Captcha/क्याप्चा:
रिलोड़ क्याप्चा




Karuna Furnitures Harekpal Channel's

Mero Fm Nepal